धनगढी । बुधबार सुदूरपश्चिम प्रदेशमा २३ जना कोरोना संक्रमित थपिएका छन । प्रदेशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार ६३२ नमुना परिक्षण गर्दा २३ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्देशनालयका अनुसार ७७ नमुना पिसिआर विधिबाट परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । भने ५८ जनाको परिक्षण रिपोर्ट नेगेटिभ देखाएको हो ।
यस्तै एक हजार ५५५ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा चार जनामा संक्रमण देखाएको छ । भने एक हजार ५५१ जनाको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।