राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा इन्द्र देव शरण भट्ट चयन भएका छन् ।
बुधबार जिल्लामा आयोजित जिल्ला अधिवेशनबाट भट्ट निर्विरोध चयन भएका हुन् । सम्पन्न अधिवेशनले इन्द्र देव शरण भट्टको अध्यक्षतामा ६५ सदस्यीय समिति गठन गरेको राप्रपा जिल्ला निर्वाचन संयोजक देवेन्द्र सिहँ मालले जानकारी दिनभयो ।
जिल्ला कार्यसमितिका अन्य पदहरु भने पछि तोकिने बताइएको छ ।अधिवेशनमा पूर्व मन्त्री, राप्रपाका उच्च कार्य सम्पादन समिति सदस्य जयन्त चन्द , केन्द्रीय कार्य सम्पादन समिति सदस्य हेम बाबू लेखक गणेश विष्ट लगायत करिब ३५० जना जति नेताकार्यकर्ता को सहभागिता रहेको र विभिन्न पार्टी परित्याग गरि १५ जनाले पाटिपरिबेस गरेको संयोजक माल ले जानकारी दिनुभएको छ ।