स्विडेनमा ३० वर्षभन्दा कम उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाउन स्थगित

‘साइड इफेक्ट’

एजेन्सी    

स्विडेनमा ३० वर्षभन्दा कम उमेर समूहकालाई  कोरोना विरुद्धको खोप लगाउन स्थगित
फाइल तस्बिर

स्विडेनमा ३० वर्षभन्दा कम उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाउन स्थगित गरिएको छ । ‘साइड इफेक्ट’ देखिएकाले मोर्डना कम्पनीले उत्पादन गरेको खोप ३० वर्ष भन्दा कम उमेर समूहकालाई लगाउन बन्द गरिएको स्विडेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

मुटुको मांसपेशी वा पेरिकार्डियम सुन्निने जस्ता साइड इफेक्टको बढ्दो जोखिमका कारण खोप लगाउन तत्कालको लागि स्थगित गरिएको हो । स्विडेनका प्रमुख महामारीविद् एन्डर्स टेगनेले सुरक्षाको सुनिश्चिता भएपछि फेरि खोप लगाउनका लागि  आवश्यक कदम चालिने बताउनुभएको छ ।

गएको जुलाईमा युरोपेली औषधि एजेन्सीले  युरोपेली युनियनका २७ देशका १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई यो खोप लगाउने अनुमति प्रदान गरेको थियो ।
 



बिहिबार २१, असोज २०७८ ०८:५१ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस