आज काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने सम्भावना

आज काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने सम्भावना

आज काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण आज काठमाण्डौसहित देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यी बाहेकका ठाउँमा फाट्टफुट्ट रुपमा पानी पर्न सक्ने उहाँले बताउनुभयो । अहिले सिन्धुली र चितवन आसपासको क्षेत्रमा  मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादलको विकास भइरहेकाले केही बेरमा यी ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

बादलको विकास नै भए पनि चितवन र सिन्धुली आसपासका सबै क्षेत्रमा लगातार वा ठूलो पानी पर्ने सम्भावना भने छैन । यी ठाउँहरुमा पनि कतै पानी पर्ने र कतै नपर्ने उहाँले बताउनुभयो ।