८ वर्षदेखि चोरी मुद्दामा फरार प्रतिवादी पक्राउ

८ वर्षदेखि  चोरी मुद्दामा फरार प्रतिवादी पक्राउ

धनगढीमा ८ वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।

प्रहरीका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १० का विशाल राना पक्राउ परेका हुन्। उनी २०७० माघ २७ गतेदेखी फरार रहेका थिए। रानालाई कैलाली जिल्ला अदालतले चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।