बढी भाडा मागेमा यात्रु सहायता कक्षमा गुनासो टिपाउन प्रहरीको आग्रह

धनगढी खबर    

बढी भाडा मागेमा यात्रु सहायता कक्षमा गुनासो टिपाउन प्रहरीको आग्रह

अग्रिम टिकट बुकिङमा तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य भएको यात्रुले  गुनासो गरेका छन् । गएको असारमा सरकारले लामो दूरीका गाडीमा २८ प्रतिशतले भाडा बढाएको थियो । तर, दशैँको मौका छोपेर टिकट काउन्टरहरुले त्यो भन्दा पनि बढी भाडा लिने गरेका यात्रुले गुनासो गरेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले आफू ठगिएको जस्तो लागे नजिकैको यात्रु सहायता कक्षमा गुनासो टिपाउन आग्रह गर्नुभएको छ । टिकट काउण्टर नजिक रहेका यात्रु काठमाण्डौदेखि बाहिर जाने ७७ वटै जिल्लाको भाडादर टाँसिएको र त्यो भन्दा धेरै लिएको पाइएमा कारबाही गरिने उहाँले बताउनुभयो ।

धेरैजसो टिकट काउन्टर अगाडि सहायता कक्ष राखिएकाले यात्रु ठगिने सम्भावना नभएको उहाँको दाबी छ । कोही अलमलिएमा सहायता कक्षमा रहेकाहरुले नै उनीहरुलाई सोधेर सहयोग गर्दै आएको उहाँ बताउनुहुन्छ । अहिले सादा पोशाकमा ट्राफिक प्रहरी खटिएर बढी भाडा लिए, नलिएको र अरु विभिन्न खालका अनुगमन गरिरहेको पनि उहाँले बताउनुभयो ।



बिहिबार २१, असोज २०७८ १०:१४ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस