बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन बुधबारको तुलनामा ५०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार १७० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।