धनगढीको चौराहामा श्री हेयर एण्ड ब्युटी फ्यामली सलुन एण्ड ट्रेनिङ्ग सेन्टर सञ्चालनमा

धनगढीको चौराहामा श्री हेयर एण्ड ब्युटी फ्यामली सलुन एण्ड ट्रेनिङ्ग सेन्टर सञ्चालनमा

धनगढी । धनगढीमा सुबिधा सम्पन्न श्री हेयर एण्ड ब्युटी फ्यामली सलुन एण्ड ट्रेनिङ्ग सेन्टर सञ्चालनमा ल्याइएको छ । लामो समय सौन्दर्यमा काम गरिरहनु भएकी पुजा कुँवरले बिहीबार धनगढीको चौराहामा सुबिधा सम्पन्न श्री हेयर एण्ड ब्युटी फ्यामली सलुन एण्ड ट्रेनिङ्ग सेन्टर सञ्चालनमा ल्याएकी हुन् ।

अत्याधुनिक प्रबिधि सहितको गुणस्तर युक्त, सेवामूलक र सम्पूर्ण सुबिधा सम्पन्न भएको सुबिधा सम्पन्न श्री हेयर एण्ड ब्युटी फ्यामली सलुन एण्ड ट्रेनिङ्ग सेन्टरमा दक्ष अनुभवि सौन्दर्यकर्मीबाट सेवाग्राहीलाई सेवा दिन लागेकी छन् । श्री हेयर एण्ड ब्युटी फ्यामली सलुन एण्ड ट्रेनिङ्ग सेन्टरमा जेन्स एण्ड लेडिज दुबैको लागि सेवा रहेको छ ।

उक्त सलुनमा लेडिज एण्ड जेन्स सेवाग्राहीलाई भारतबाट राम्रो अनुभवी भएका सौन्दर्यकर्मीबाट अन्तर्राष्ट्रिय स्तरको हेयर स्टायल ट्रेनिङ्ग, मेकअप ट्रेनिङ्ग, सेल्फ मेकअप, मसाज,प्रोफेसनल ट्रेनिङ्ग लगायतका ट्रेनिङ्गको ब्यबस्था गरिएको संचालक कुवरले बताइन् ।

२५ लाखको लगानीमा अत्याधुनिक प्रबिधि सहितको सुबिधा सम्पन्न हेयर एण्ड ब्युटी तथा ट्रेनिङ्ग सेन्टरमा ब्युटिसियन सेमिनार तथा ट्रेनिङ्गहरु समेत रहेको जानकारी दिइन् । विवाह तथा अन्य सौन्दर्यसम्बन्धिका लागि विशेष प्याकेज रहेको पनि जानकारी दिईन । पुजा कुँवर मिसेज् ब्युटीफुल नेपाल २०१८ को प्रतियोगिताको सेकेन्ड रनरअफ बिजेता पनि हुन् ।

बिहिवार एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले सुबिधा सम्पन्न श्री हेयर एण्ड ब्युटी फ्यामली सलुन एण्ड ट्रेनिङ्ग सेन्टरको उद्घाटन गरेका हुन् ।  श्री हेयर एण्ड ब्युटी फ्यामली सलुन एण्ड ट्रेनिङ्ग सेन्टरको उद्घाटन गर्दै मेयर वडले व्यसायिक सफलताको शुभकामना दिएका छन ।