एक लाख २२ हजार नगदसहित कञ्चनपुरमा १५ जुवाडे पक्राउ

एक लाख २२ हजार नगदसहित कञ्चनपुरमा १५ जुवाडे पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा जुवा खेलीरहेकोे अवस्थामा १५ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको दोधाराचाँदनी नगरपालिकामा १ लाख २२ हजार नगद सहित १५ जुवाडे पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालयको टोलीले गएराति नगद सहित जुवाडेहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेका अनुसार झोलुङ्गे पुल नजिक एक घरमा जुवा खेलाईएको सूचनाको आधारमा छापा मारिएको थियो ।

राति १ बजे मोहन सिंहको घरमा १ लाख २२ हजार २ सय १० रुपैया सहित १५ जुवाडेलाई पक्राउ गरिएको न्यौपानेले बताए । उनिहरुलाइ मुलुकी अपराध संहिता ऐन अन्तरगत कार्वाही प्रक्रिया अघि बढाईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।