प्रदेश युवा नीति निर्माणका लागि दुई दिने कार्यशाला गोष्ठी धनगढीमा सुरु

प्रदेश युवा नीति निर्माणका लागि दुई दिने कार्यशाला गोष्ठी धनगढीमा सुरु

धनगढी । प्रदेश युवा नीति निर्माणका लागि दुई दिने कार्यशाला गोष्ठी धनगढीमा सुरु भएको छ । प्रदेश युवा परिषद् सुदूरपश्चिम प्रदेशको आयोजनामा सो गोष्ठी धनगढीमा सुरु भएको हो ।

प्रदेश युवा परिषद् सुदूरपश्चिमको नीति निर्माणका लागि प्रारम्भिक सुझाव सङ्कलन गोष्ठीको आयोजना गरिएको युवा परिषद् प्रदेश सदस्य शेर बहादुर विष्टले जानकारी दिए । गोष्ठीको पहिलो दिन राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले प्रशिक्षण दिएका थिए ।

युवाका मुद्धाहरुलाई नीतिमा कसरी समेट्न सकिन्छ भन्ने लगायतका सुझावहरू दुई दिने गोष्ठीबाट सङ्कलन गरिने युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए । गोष्ठीबाट आएका सुझावलाई प्रदेशको नीतिमा समावेश गरिने बताइएको छ । भोलि सम्म सञ्चालन हुने गोष्ठीमा करिब ५० भन्दा बढी युवाहरूको सहभागिता रहेको छ ।