धनगढीमा लागुऔषधसहित एक युवती पक्राउ

धनगढीमा लागुऔषधसहित एक युवती पक्राउ

धनगढी । प्रहरीले धनगढीबाट लागुऔषसहित एक युवतीलाई पक्राउ गरेको छ । बुधबार साँझ डडेल्धुराको अजयमेरु गाउँपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ३४ वर्षीय आशा बिष्टलाई पक्राउ गरिएको हो ।

विशेष सूचनाका आधारमा उनको कोठाबाटै लागुऔषध ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । पक्राउ परेकी ती युवतीको साथबाट ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर, ४४ ग्राम ७७० मिलिग्राम चरेस र १२ हजार २ सय नगद बरामद गरिएको उनले बताए ।

उनीमाथि लागुऔषध मुद्दा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।