सरकारले सातै प्रदेशमा अनुगमन टोली खटायो, सुदूरपश्चिममा सूर्य खत्रीको र नारायण खत्री !

सरकारले सातै प्रदेशमा अनुगमन टोली खटायो, सुदूरपश्चिममा सूर्य खत्रीको र नारायण खत्री !

सरकारले सात वटै प्रदेशमा सहसचिव तथा उपसचिव नेतृत्वको अनुगमन टोली परिचालन गरेको छ । गृह मन्त्रालयले प्रत्येक प्रदेशमा एक सहसचिव र उपसचिवलाई अनुगमनमा खटाएका छन् । गण्डकी र सुदूरपश्चिम प्रदेशमा भने उपसचिव सँग शाखा अधिकृत खटाएका छन् ।

प्रदेश नम्बर १ मा सहसचिव विपन आचार्यको नेतृत्वमा उपसचिव अन्जन न्यौपाने खटिनेछन् । प्रदेश नम्बर २ मा उपसचिव विश्वराज मरासिनीलाई अनुगमनको जिम्मा दिइएको छ । बागमती प्रदेशमा सहसचिव थानेश्वर गौतमको नेतृत्वमा उपसचिव बासुदेव घिमिरेले अनुगमन गर्नेछन् ।

गण्डकी प्रदेशमा उपसचिव चेतराज बरालको नेतृत्वमा शाखा अधिकृत विजयराज पौडेल खटिएका छन् । सुदूरपश्चिममा उपसचिव सूर्य खत्रीको नेतृत्वमा शाखा अधिकृत नारायण खत्री अनुगमनमा जाने भएका छन् ।लुम्बिनी प्रदेशमा सहसचिव हिरालाल हिरालाल रेग्मीको नेतृत्व उपसचिव गणेश पौडेलको टोली खटिएको छ । कर्णालीमा सहसचिव पुष्पराज शाही र उपसचिव फणिन्द्र दाहालको टोली खटिएको छ । 

उनीहरू चाडपर्व केन्द्रित सुरक्षा योजना र सोको कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्नेछन् । आपूर्ति व्यवस्थापन बजार अनुगमन र उपभोक्ता अधिकार, यातायात व्यवस्थापन र सडक सुरक्षा, चाडपर्वको अवसरमा आयोजना हुने मेला महोत्सवको व्यवस्थापन, विभिन्न शक्तिपीठहरूमा गरिने पूजापाठ व्यवस्थापन, कोभिड- १९ महामारी र स्वास्थ्य मापदण्डको पालनाको अवस्थाबारे अनुगमन गर्ने कार्यक्रम छ ।