सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, नेपाल बाहिरिए

धनगढी खबर    

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, नेपाल बाहिरिए

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बिहीबार दिउँसो १ बजेदेखि सुरु भएको बैठक जारी रहेकै अवस्थामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भने बैठकबाट बाहिरिनु भएको छ ।

मन्त्रिपरिषद् विस्तारका लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुबीच छलफल जारी रहेको प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

नेकपा (एस) का अध्यक्ष नेपाल भने पार्टीको स्थयी कमिटीको बैठकमा सहभागी हुन सत्ता गठबन्धनको बैठकबाट बाहिरिनुभएको जनाइएको छ ।



बिहिबार २१, असोज २०७८ ०६:०८ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस