बिहीबार सुदूरपश्चिममा ११ जना कोरोना संक्रमित थपिए

बिहीबार सुदूरपश्चिममा ११ जना कोरोना संक्रमित थपिए

धनगढी । बिहीबार सुदूरपश्चिम प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई हजार ३५ नमुना परिक्षण गर्दा ११ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार ६४ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा ९ जनामा पोजेटिभ देखाएको छ । भने ५५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यस्तै एक हजार ९७१ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा दुई जनामा पोजेटिभ देखाएको छ । भने एक हजार ९६९ जनाको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जानकारी दिएको छ ।