नेकपा एसद्धारा बैतडीको सिगास गाउँपालिका ४ मा धामीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन

नेकपा एसद्धारा बैतडीको सिगास गाउँपालिका ४ मा धामीको अध्यक्षतामा २५  सदस्यीय वडा कमिटी गठन

बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)  सिगास गाउँपालिका ४ नम्बर वडा भेलाले चन्द्र  सिंह धामीको  अध्यक्षतामा २५  सदस्यीय वडा कमिटी गठन गरेको छ ।  

निर्वाचन आयोगबाट मान्यता पाएको एकीकृत समाजवादी पार्टीले   (आज) सिगास गाउँपालिका  को वडा  नम्बर  ४ मा कमिटी गठन गरेको हो  बिहीबार  नेकपा एकीकृत समाजवादीको भेलाबाट धामी  को अध्यक्षतामा २५ सदस्यीय  कमिटी गठन गरेको हो । 

कमिटीको उपाध्यक्ष हरि सिंह धामी र प्रकाश साउद   , सचिवमा दीपक सिंह  बोहरा ,  उप सचिव  ललिता बि क    लगायत २५ सदस्यीय  वडा कमिटी चयन भएको  नेकपा एकीकृत समाजवादी  जिल्ला कमिटी उपाध्यक्ष किस्ण बहादुर साउद ले जानकारी दिनुभयो  । 

एकीकृत समाजवादीका बैतडी जिल्ला उपाध्यक्ष किस्ण सिंह साउद को प्रमुख आतित्थतामा तथा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटीका सदस्य सिगास गाउँपालिका इन्चार्ज पठान सिंह बोहरा तथा समाजवादी पालि पार्टी का  गाउँपालिका अध्यक्ष खेमसिंह धामीको   विशिष्ट आतित्थतामा   वडा कमिटी गठन कार्यक्रम  सम्पन्न भएको हो । 

वडा भेलामा जिल्ला कमिटी सदस्य ,लोकेन्द्र सिंह बोहरा ,नेकपा समाज बादी का  नेताहरूको सहभागिता रहेको थियो । बैतडी जिल्ला को सबै पालिका मा कमिटी गठन गर्ने र भोलि वडा नम्बर ३को वडा कार्यालय ढुम  मा कमिटी गठन गर्ने नेकपा समाजवादी  पार्टी सिगास गाउँपालिका का इन्चार्ज पठान सिंह बोहरा ले जानकारी दिनुभयो । 

नेकपा समाजवादी  पार्टी ले अहिले बैतडी जिल्ला मा संगठन बिस्तार बाट लिएर गाउँपालिका र वडा कमिटी गठन गर्न मा जोर दिइरहेको छ  । यस्तै विभिन्न पाटी परित्याग गरी १२ जनाले समाजवादी  पार्टी मा प्रवेश गर्नु भएको सिगासगाउपालिका  इन्चार्ज बोहराले जानकारी दिनुभएको छ ।