कैलालीमा शंकास्पद रुपमा भेटिएका दुई वटा प्रेसर कुकर डिस्पोज

कैलालीमा शंकास्पद रुपमा भेटिएका दुई वटा प्रेसर कुकर डिस्पोज

धनगढीः कैलालीको लम्किचुहा नगरपालिका–१ लम्की बजारमा रहेको मेघाश्री उद्योगको परिसरमा भेटिएको शंकास्पद लाग्ने प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

उद्योग परिसरभित्र बुधवार बिहान शंकास्पद रुपमा दुईवटा प्रेसर कुकुर फेला परेका थिए। उक्त प्रेसर कुकर तारले बेरेर राखिएको अवस्थामा फेला परेका हुन्। 

नेपाली सेनाको टोलीले शंकास्पद रुपमा भेटिएका उक्त प्रेसर कुकुर डिस्पोज गर्दा प्रेसर कुकुर भित्र माटोमा संकास्पद लाग्ने केही बस्तु राखिएको इलाका प्रहरी कार्यालय, लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। 

उक्त प्रेसर कुकर कस्ले राखेको हो ? भन्नेबारे अहिले सम्म केही नखुलेको उनले जानकारी दिए। यसबारे प्रहरीले अनुसन्धान गर्ने उनले बताए।