दार्चुलाका वाढी पहिरो पीडितलाइ राहत बितरण

दार्चुलाका  वाढी पहिरो पीडितलाइ राहत बितरण

दार्चुलामा कार्यरत स्थानीय संस्था दलित महिला संघ दार्चुलाको साझेदारीमा स्वयंसेवी संस्था टेवा नेपाल काठमाण्डैको आर्थिक सहयोगमा दार्चुला जिल्लाका वाढीपहिरो पीडित घरधुरी लाई बिहिवार  राहत  वितरण गरिएको छ ।

दार्चुला को महाकाली नगरपालिका वडा नं ४ बाट राहातबितरण कार्यक्रम को  शुरुवात गर्नुभएको हो । महाकाली नगरपालिका वडा १ का ४० जना वाढी पहिरो पीडित ४० घरधुरीलाई २५ केजी चावल ३ केजी दाल ३ पोका खाने तेल च्युरा र सावुन लगायतका समाग्री बितराण गर्नु भएको छ । यस्तै दुई जना एकल पीडित महिला हरुलाइ लत्ताकपडा सहित दिएको छ  । महाकाली नगरपालिका वडा ४ का वडा अध्यक्ष पुष्कर जोशी उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासका शाखा अधिकृत दिवानीराम लोहार  समाजिक अभियन्ता आन सिह लोहार  र दान सिह विश्वकर्मा को उपस्थितमा यो कार्यक्रम सम्पन्न भएको हो  ।

दुहु, ब्यास र मालिकार्जुन गाउपालिकामा पनि पीडित घरधुरीलाई २५ केजी चावल ३ केजी दाल ३ पोका खाने तेल च्युरा र सावुन लगायतका समाग्री वितरण गर्नुभएको  थियो । नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य लक्ष्मी  वि क को पहलमा दार्चुलाका वाढीपहिरो पीडितलाई राहत वितरण कार्यक्रम भैरहेको हो । यो वर्ष दार्चुला जिल्लामा गएको वाढी पहिरोवाट ठुलो धनजनको क्षति पुगेको थियो जसमा  दुहू गाउँपालिका , महाकाली नगरपालिका र ब्यासगाउँपालिका  बाढिपिडित को  वढी जनसंख्या थियो ।

यस्तै दलित महिला संघ ले आज र भोलि जिल्लाका दुहु गाउँपालिका , ब्यास गाउँपालिका ,मालिकार्जुन गाउपालिका र महाकालीनगरपालिका   १७२ घरघुरी लाई ४५ क्वीन्टल चामल ५२ पेटी तेल ३ पोका खाने तेल च्युरा र सावुन लयातका समाग्री वितरण गरिने नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य बि.क  ले जानकारी दिनुभएको छ  ।