नेपाली काँग्रेस बाजुराको सभापतिमा रावल निर्वाचित

नेपाली काँग्रेस बाजुराको सभापतिमा रावल निर्वाचित

नेपाली काँग्रेस बाजुराको सभापतिमा रामसिंह रावल निर्वाचित भएका छन् । दोस्रोपटक गरिएको मतदानको अन्तिम परिणामअनुसार ६०५ मत ल्याएर रावल सभापति भएका हुन्।  

उनका निकटतम प्रतिद्वन्द्वी कविराज पण्डितले ५६६ मत पाएका छन्।  रावललाई पहिलो राउन्डबाट बाहिरिएका सभापतिका उम्मेदवार चक्र शाहले सहयोग गरेका थिए।

पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः निर्वाचन भएको थियो । दोस्रो चरणको चुनावमा सभापति शेरबहादुर देउवा पक्षीय वर्तमान सभापति पण्डित वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका रावलसँग पाराजित भए ।

अघिल्लो जिल्ला अधिवेशनमा पण्डितसँग रामसिंह रावल जिल्ला सभापतिमा पराजित भएका थिए । पौडेल निकट केन्द्रीय सदस्य बद्री पाण्डेले गृह जिल्लामा आफू अनुकूलको नेतृत्व ल्याउन सफल भएका छन् ।

यस्तै उपसभापतिमा पदम बडुवाल, नारायण उपाध्याय निर्वाचित भएका छन् ।सचिवमा तिलक पुरी, भरतबहादुर रोकाया विजयी भएका छन् भने सह सचिव कृष्णराज उपाध्याय, सुरेन्द्र बहादुर सिंह निर्वाचित भएका छन् ।