बझाङको बुङ्गलमा हुने प्रथम बीसीसी सुपर कपमा युवा नेता भण्डारीद्धारा ५० हजार आर्थिक सहयोग

बझाङको बुङ्गलमा हुने प्रथम बीसीसी सुपर कपमा युवा नेता भण्डारीद्धारा ५० हजार आर्थिक सहयोग

बझाङको बुङ्गलमा हुने प्रथम बीबीसी सुपर कप २०७८ आयोजनाका लागी नेकपा एस बझाङका युवा नेता भक्त भण्डारीले आर्थिक सहयोग गरेका छन् ।

बझाङको केदारस्यु गाउँपालीका निवासी भण्डारीले बझाङको बुङ्गलमा हुन लागेको प्रथम बीसीसी सुपर कपको लागी रु ५० हजार सहयोग गरेका हुन् । बझाङ जिल्ला युवासंघका पुर्व अध्यक्ष, साबिकको नेकपा एमाले बझाङ क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष तथा हाल नेकपा एकिकृत समाजबादी पार्टिका प्रभाबशाली युवा नेता भण्डारीले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । साथै भण्डारी युवाका ढुकढुकी, खेलप्रेमी तथा समाजसेवी रहेका छन् ।

उनले कार्तिक ३ गते देखी १० गतेसम्म बझाङको बुङलस्थीत दहबगरमा स्व।धन बहादुर मल्ल र स्व।जयभान बिष्टको सम्झनामा हुन लागेको प्रथम बीसीसी सुपर कप २०७८ का लागी सहयोग गरेको आयोजकले जनाएको छ । युवा नेता भण्डारीले सहयोग गरेकोमा आयोजक बुङ्गल क्रिकेट क्लबले धन्यवाद ब्यक्त गरेको छ । बुङ्गल क्रिकेट क्लबको आयोजनामा सबै भन्दा ठुलो धनराशीको रास्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना हुन लागेको जनाइएको छ ।