ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटना स्थलमा नै मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटना स्थलमा नै मृत्यु

सुनसरीको दुहबी नगरपालिका ३ पेट्रोल पम्प अगाडी कोसी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटना स्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका ८ का ४५ वर्षीय लक्ष्मी प्रसाद लुइँटेल रहेका छन् । हिजो बेलुका ४ बजे बिराटनरबाट इटहरीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको NL 02 Q 0134 नम्बरको LP ग्यास बोक्ने ट्रकले सोही दिशा जाँदै गरेको को १० प २६८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लुइँटेलको घटनास्थलमानै मृत्यु भएको हो ।

ट्रक र ट्रक चालक भारत विहार बेबसराई बथौली पञ्चायत ७ का ३५ वर्षीय चन्दन कुमार ताती इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।