बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीवार यस्तो सुन प्रति तोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।