बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँड

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँड

बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा शुक्रवार आईपीओ बाँडफाँड भएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा ७४ हजार ४०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा आवेदन गरेका १९ लाख ५६ हजार १५५ जना आवेदकको हात खाली भएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडका अनुसार आईपीओमा २० लाख ३० हजार ५५५ वटा आवेदन परेको थियो । उल्लेखित संख्याको आवेदनबाट सर्वसाधारणबाट माग भएको कित्ताको ३२.८० गुणा बढी अर्थात २ करोड ४४ लाख ३७० कित्ता शेयर खरिदको माग परेको थियो ।

जसमध्ये १६ हजार ३३ वटा संख्याबाट परेको १ लाख ९८ हजार ४४० कित्ताको आवेदन रद्द भएको छ भने २० लाख १४ हजार ९२२ वटा संख्याबाट परेको २ करोड ४२ लाख १ हजार ९३० कित्ताको माग सदर भएको सिभिल क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।