बाजुरा र डडेलधुरालाई देखाएर पौडेलले भने- ‘सुदूरपश्चिममा परिवर्तन सम्भव छ’

बाजुरा र डडेलधुरालाई देखाएर पौडेलले भने- ‘सुदूरपश्चिममा परिवर्तन सम्भव छ’

नेपाली कांग्रेस बाजुराको सातौं जिल्ला अधिवेशनबाट सभापतिमा रामसिंह रावल विजयी भएका छन् । रावल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन् ।

आफूपक्षीय नेताले जितेपछि उनले सुदूरपश्चिममा परिवर्तन सम्भव रहेको धारणा सार्वजनिक गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको प्रभुत्व रहेको सुदूरपश्चिममा आफूनिकट नेताले जितेपछि पौडेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

उनले देउवाको गृह जिल्ला डडेल्धुराले पनि परिवर्तनको सन्देश दिइसकेको दाबी गरे । ट्वीटरमा उनले लेखेका छन्– ''परिवर्तन सम्भव छ, सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ । बाजुरामा रामसिंह रावलको विजयले संकेत गरिसक्यो। डडेलधुराले सन्देश दिइसक्यो !''