कञ्चनपुरको भीमदत्त नगरपालिकामा मेट्रिक घर नम्बर प्रणाली कार्यान्वयनमा

कञ्चनपुरको भीमदत्त नगरपालिकामा मेट्रिक घर नम्बर प्रणाली कार्यान्वयनमा

कञ्चनपुर । भीमदत्त नगरपालिकामा मेट्रिक घर नम्बर प्रणाली कार्यान्वयनमा ल्याइएको छ । नगरपालिकाको वडा नं १ देखि मेट्रिक प्रणालीअन्तर्गत घर नम्बर राख्न सुरु गरिएको हो ।

नगरपालिका क्षेत्रमा रहेका घरको पहिचान सहजै गर्न मेट्रिक विधिमा आधारित रहेर घर नम्बर राख्न सुरु गरिएको छ । सडकका चोक, सार्वजनिक स्थानलगायत निश्चित घरको दूरीका आधारमा घरको ठेगाना पत्ता लगाउने विधि नै मेट्रिक घर नम्बर प्रणाली भएको नगरप्रमुख सुरेन्द्र विष्टले बताए ।

मेट्रिक घर नम्बर प्रणालीअन्तर्गत घर नम्बर राख्ने कार्यको सुरुआत गरिएको जनाउँदै उनले घर पत्ता लगाउने कार्यसँगै नगरवासीका समस्या पहिचान गर्नमा समेत यस कार्यले सघाउ पुर्‍याउने बताए । “मूल सडक, चौराह, दोबाटोदेखि मिटरका हिसाबले घरमा नम्बरिङ गरिनेछ”, उनले भने, “सेवा सुविधा प्रदान गर्न, समस्या पत्ता लगाउन र घर खोज्न यस कार्यले सघाउ पु¥याउँछ ।” यस कार्यले सुझाव सङ्कलन एवं अन्य विविध क्षेत्रका कामकाज गर्न पनि सहज हुने उनको भनाइ छ ।

मूल सडकबाट घरसम्मको दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटाको नाम उल्लेख गरी घरघरमा नम्बरप्लेट राख्ने कार्य भइरहेको छ । नगरपालिकाका १९ वटै वडामा मेट्रिक घर नम्बर प्रणालीअन्तर्गत घर नम्बरसहितको प्लेट राख्ने कार्य गरिने छ । सो नगरपालिकालाई स्मार्ट सिटीका रूपमा विकसित गर्नसमेत यस प्रणालीले सघाउ पु¥याउने बताइएको छ ।