दुर्गामाताको पूजा आरधाना गर्दै हुनहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

दुर्गामाताको पूजा आरधाना गर्दै हुनहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

नेपालीहरुको महान चाड बडादशैं तथा नवरात्र बिहीबारदेखि शुरु भएको छ । नवरात्रको अवधिभर दुर्गामाताको पूजा आरधाना एवं उपासना गरिन्छ । माता दुर्गालाई शक्ति र उर्जाको रुपमा लिइन्छ । नवरात्रिमा पूजा आरधना गर्दा दुर्गा माता प्रसन्न हुने र आर्शिवाद प्राप्त हुने मान्यता रहेको छ । नवरात्रमा पूजा र व्रत गर्ने छुट्टै नियम छ ।  

– दुर्गा पूजाकालागि रातो रंग निकै महत्वपूर्ण मानिन्छ । नवरात्रको पूजामा सर्वाधिक प्रयोग हुने रातो रंग दुर्गा देवीलाई धेरै मन पर्ने रंग हो । त्यसैले घटस्थापना र माता स्थापना गर्न रातो रंगको कपडाले सजाउने गरिन्छ । यसका साथै रातो रंगको कपडा र सिन्दुरको टीका लगाइन्छ ।

–नवरात्रको पूजा आरम्भ गर्नुभन्दा पहिले दुर्गामातालाई रातो रंगको पछ्यौरा पनि चढाउनु पर्दछ । हिन्दु परम्परा अनुसार दुर्गा मातालाई रातो पछ्यौरासँगै सिन्दुर वा श्रृंगारको सामग्री, मेवा, फल, मिष्ठान्न, नरिवल जस्ता चीजहरु चढाउनुपर्छ ।

– नवरात्रमा दीप प्रज्वलनको पनि विशेष महत्व छ । अखण्ड ज्योतिबाट घरमा सकारात्मक उर्जा प्राप्त हुने र नकारात्मक उर्जा नाश हुने धार्मीक विश्वास छ ।