नेकपा एकीकृत समाजवादीले मन्त्री बन्नेहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाइ बुझाएको छ। समाजवादीले विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ र भवानी खापुङको नाम शुक्रबार प्रधानमन्त्रीलई बुझाएको हो ।
प्रधानमन्त्री सचिवालय स्रोतले दिएको जानकारी अनुसार खतिवडा, झाँक्री, आले र श्रेष्ठ मन्त्री हुन् भने खापुङ राज्यमन्त्रीका लागि सिफारिस भएका हुन् ।
यसअघि जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेको छ।