प्रेम आले सहरी विकास मन्त्री बन्दै

प्रेम आले सहरी विकास मन्त्री बन्दै

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम सार्वजनिक गरेसँगै मन्त्रालय पनि टुँगो लगाएको हो । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने पक्का भएको भनिएपनि रामकुमारी झाँक्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनाउने निर्णय भएको हो ।

त्यस्तै, पर्यटनमन्त्री बन्ने चर्चामा रहेका प्रेम आले भने सहरी विकास मन्त्री पक्का भएको छ । पार्टीबाट सरकारको नेतृत्व गरेर सहभागी हुन लागेका विरोध खतिवडाले भने स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी लिने भएका छन् ।

त्यस्तै, किसान श्रेष्ठलाई भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा भने भवानी खापुङलाई पठाउने निर्णय भएको पनि उनले जनाए ।