आले र झाँक्रीको जिम्मेवारी साटफेर : आलेलाई पर्यटन, झाँक्रीलाई सहरी विकास मन्त्रालय

आले र झाँक्रीको जिम्मेवारी साटफेर : आलेलाई पर्यटन, झाँक्रीलाई सहरी विकास मन्त्रालय

नेकपा एकीकृत समाजवादीबाट प्रेम आले र रामुकमारी झाँक्रीको जिम्मेवारी साटफेर गरिएको छ । यसअघि झाँक्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र प्रेम आलेलाई सहरी विकासमन्त्री बनाइने लिस्ट तयार पारिएको थियो ।

तर, राष्ट्रपति कार्यालयमा मन्त्री बन्नेहरुको लिस्ट पूग्दा उनीहरुको जिम्मेवारी साटफेर गरिएको छ । सर्वाेच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई आज साँझ पूर्णता दिन लागेका छन् ।

मन्त्रिपरिषद्मा सत्ता गठबन्धनका पाँच दलमध्ये ४ दल सहभागी हुँदै छन् । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने जनमोर्चा भने सरकारमा सामेल नहुने भनिसकेको छ ।

साँझ विस्तार हुने मन्त्रिपरिषद्मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजावादी पार्टी नेपालबाट मन्त्रीहरु सामेल हुँदैछन् ।