नेपालमा ७६४ कोरोना संक्रमित थपिए, १० को मृत्यु

नेपालमा ७६४ कोरोना संक्रमित थपिए, १० को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४६६ जनाको पीसीआर परीक्षणमा ७१५ र १ हजार २२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ३३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९६ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।