संघिय सरकारमा सुदूरपश्चिमले पायो दुई जना मन्त्री !

संघिय सरकारमा सुदूरपश्चिमले पायो दुई जना मन्त्री !

धनगढी । संघिय सरकारको मन्त्रिपरिषदमा सुदूरपश्चिम प्रदेशबाट दुई जना समेटिएका छन् । सरकार गठन भएको ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री मन्त्रिपरिषदलाई पूर्णता दिदै प्रदेशका दुई जनालाई मन्त्रिपरिषदमा समावेश गराएका हुन् ।

जसमा डोटीबाट प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीका प्रेम आले र दार्चुला कांग्रेसबाट समानुपातिक सांसद दिलेन्द्रप्रसाद बडु रहेका छन् ।

आलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने बडुले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।