शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको करिब ३ महिनापछि आज मन्त्रिपरिषद् बिस्तार भएको छ । मन्त्रिपरिषद्ले पूर्णतासँगै सञ्चार मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त हुनुभएको छ ।
कार्की यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवम् सरकारको प्रवक्ता हुनुहुन्थ्यो । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका कार्कीले यसअघि अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिसक्नुभएको छ ।