नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

चौथो पटक सरकार विस्तारबाट विभागीय मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् । 

यसअघि आफू प्रधानमन्त्री बनेको ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका थिए । वर्तमान सरकारमा कांग्रेसबाट १ राज्यमन्त्रीसहित ९ जना मन्त्री बनेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रबाट १ राज्यमन्त्रीसहित ६ जना मन्त्री बनेका छन् । नेकपा एस बाट १ राज्यमन्त्रीसहित ५ र जसपाबाट ४ मन्त्री बनेका छन् । एक जना मन्त्री प्रधानन्यायाधीशको कोटाबाट बनेको चर्चा छ ।