यस बर्ष ढिलो गरी नेपालबाट मनसुन बाहिरिँदै , आज पनि मौसम बदली रहने

यस बर्ष ढिलो गरी नेपालबाट मनसुन बाहिरिँदै , आज पनि मौसम बदली रहने

यस वर्षको मनसुन विगतका वर्षहरुभन्दा अलि लामै गएकौ मौसमविद्हरु बताउँछन् र भदौमै बाहिरिनुपर्ने मनसुन यस वर्ष भने बल्ल असोज सकिन लाग्दा बाहिरिन सुरु भएको छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका सम्पूर्ण भू–भाग र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट शुक्रबार नै मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै, क्रमशः अन्य प्रदेशबाट समेत मनसुन बाहिरिँदै जाने विभागले जनाएको छ । मनसुन बाहिरिएसँगै केही दिनयताको निरन्तर बदलीमा पनि सुधार हुने अपेक्षा गरिएको छ ।

आज (शनिबार) दिउँसो देशभरिको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ । विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।