नेपाली कांग्रेस बझाङको सभापतिमा खडक बोहरा विजयी

नेपाली कांग्रेस बझाङको सभापतिमा खडक बोहरा विजयी

बझाङ । नेपाली कांग्रेस बझाङको सभापतिमा खडक बोहरा विजयी भएका छन्। उनी प्रतिद्वन्द्वी रमेश भण्डारीलाई पराजित गर्दै सभापतिमा विजय भएका हुन्। पार्टी सभापति शेरबहादुर देउवा पक्षीय विजयी बोहराले ८७७ मत पाउँदा उनका प्रतिद्वन्द्वी भण्डारीले ५०८ मत ल्याए।

यसैगरी उपसभापति बर्क रोकाया ६५७, मानबहादुर कठायत ६३८ मत ल्याएर विजयी भए। सचिवमा ८२७ मत ल्याउने उत्तम रोकाया र ७४२ मत ल्याउने झलक कठायत विजयी भएका छन्।

नयाँ कार्य समितिको सहसचिवमा उमाशंकर जोशी र राजेन्द्र धामी विजयी भए। सहसचिव दलिततर्फ सुनिल दमाई र मङ्गल सुनार विजयी हुँदा पुरुष खसआर्यतर्फ अभिषेक सिंह चुनिए। सभापतिमा पराजित भण्डारी पनि देउवा समूहकै हुन्।