प्रहरी जवान आफ्नै कोठामा मृत फेला

प्रहरी जवान आफ्नै कोठामा मृत फेला

झापामा एक प्रहरी जवान आफ्नै कोठामा मृत फेला परेका छन् । नेपाल प्रहरी विपत् व्यवस्थापन झापामा कार्यरत प्रहरी जवान सरोज कार्कीले ‍कोठामा झुन्डिएको अवस्थामा शनिवार बिहान फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

करिब २५ वर्षीय सरोज भद्रपुर नगरपालिका–८ स्थित पुरानो विदुर बोर्डिङ स्कुल नजिकै एक घरमा भाडा बस्दै आएका थिए । उनी मेचीनगर नगरपालिका-४ बाहुनडाँगीका हुन् । उनको श्रीमती पनि प्रहरीमा कार्यरत छन्। उनी श्रीमती र नानीसँग त्यही बस्दै आएका थिए ।

परिवारजनको उपस्थितिमा शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको बताइएको छ ।