ईपीएल क्रिकेटको उपाधि चितवनलाई, पोखरा उपविजेता

धनगढी खबर    

ईपीएल क्रिकेटको उपाधि चितवनलाई, पोखरा उपविजेता

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो ।

कीर्तिपुर मैदानमा पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर भेटायो । चितवनका भीम सार्कीले ६३ रनको अर्धशतकीय पारी खेले । दीलिप नाथले १८ तथा राजेश पुलामीले १४ रन जोडे । किशोर महतोले ४ तथा नन्दन यादवले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । त्यस्तै रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन जोडे ।

चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २/२ तथा सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए । उपाधिसँगै चितवनले ५० लाख तथा उपविजेता पोखराले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।



शनिबार २३, असोज २०७८ ०४:२६ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस