धनगढी । संगम बचत तथा ऋण सहकारी संस्था धनगढीको नवौँ साधारण सभा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बिच धनगढीमा सम्पन्न भएको छ । सहकारी संस्थाले प्रत्येक वर्ष सदस्य संख्या वृद्धि गर्दै लगेको जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा मात्रै १७७ जना नयाँ सदस्य थप गरी एक हजार ७ सय ६० जना पुगेको जनाएको छ । यस्तै संस्थाले सदस्यको संख्या वृद्धि सँगै वित्तीय स्रोतमा पनि सकारात्मक परिवर्तन गरेको संगम बचत तथा ऋण सहकारी संस्था धनगढीका अध्यक्ष नरेश बहादुर विष्टले बताए ।
उनका अनुसार गत आर्थिक वर्ष ७६/७७ मा संस्थाको कुल सेयर पुजी १ करोड ९४ लाख २५ हजार ५ सय रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा २० करोड २८ लाख ३० हजार २ सय ३० रुपैयाँ पुगेको बताए । उनले कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम,उत्प्रेरणा सम्बन्धी तालिम गरी संस्थाका कर्मचारीले समेत तालिम लिएको जनाएको छ ।
यस्तै सामाजिक उत्तरदायित्व बहन गर्नका लागि कोरोनाको कहरले यसपालि गर्न गत वर्ष झैँ धेरै गर्न नसके पनि समुदायका लागि केही सहज होस भनेर धनगढी उपमहानगरपालिकालाई ७५ हजार आर्थिक सहयोग गरेको संस्थाले जनाएको छ ।
यस्तै संस्थाले आफ्ना सदस्यलाई प्रदान गर्ने सुत्केरी भत्ता,मृत्यु प्रश्चात प्रदान गर्ने दाहसंस्कार स्वरूप खर्चलाई पनि निरन्तरता दिएको जनाएको छ । यस्तै संस्थामा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । भने दुई जना सुत्केरी महिलालाई समेत सम्मान गरिएको थियो ।
संस्थामा आबद्ध सदस्यहरूको जीवनस्तर सुधार गरी समग्र समाजलाई आर्थिक सामाजिक र सांस्कृतिक रूपले संवृद्ध बनाउने उद्देश्यले २०६९ सालदेखि आफ्नो कार्य सुरु गरेको हो ।