शनिबार सुदूरपश्चिममा १९ जना कोरोना संक्रमित थपिए

शनिबार सुदूरपश्चिममा १९ जना कोरोना संक्रमित थपिए

धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार १९ जना कोरोना संक्रमित थपिएका छन । प्रदेशका विभिन्न प्रयोगशालामा एक हजार ८९७ नमुना परिक्षण गर्दा १९ जनामा संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार ८३ वटा नमुना पिसिआर विधिबाट परिक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । भने ६७ जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । यस्तै एक हजार ८१४ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ३ जनामा पोजेटिभ देखाएको छ ।

भने एक हजार ८११ जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ । हाल सम्म सुदूरपश्चिममा कोरोना संक्रमणबाट ५९७ जनाको मृत्यु भएको छ ।