बैतडीमा कोरोना संक्रमणबाट वडा सदस्यको निधन

बैतडीमा कोरोना संक्रमणबाट वडा सदस्यको निधन

बैतडी । आज एक जनप्रतिनिधिको निधन भएको छ । बैतडीको मेलौली नगरपालिका–१ का महिला वडा सदस्य द्रोपदी चन्दको उपचारका क्रममा निधन भएको हो ।

मुटुसम्बन्धी समस्या भएकी ५५ वर्षीया उनको आज महेन्द्रनगरमा निधन भएको नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए ।

केही दिनदेखि बिरामी भएकी चन्द उपचार गर्न त्यहाँ गएकी थिइन । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट उनी सदस्यमा निर्वाचित भएकी थिइन ।