बैतडीको पुर्चौडी नगरपालिकामा 'वाईसियल' को प्रथम नगर सम्मेलन सम्पन्न

बैतडीको पुर्चौडी नगरपालिकामा 'वाईसियल' को प्रथम नगर सम्मेलन सम्पन्न

बैतडी  : बैतडीको पुर्चौडी नगरपालिकामा नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसियल) को प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।

शनिवार माओवादी केन्द्रका केन्द्रीय सदस्य एबंम बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर (विजय सुन्दर)को प्रमुख आतिथ्य र माओवादी केन्द्रका नेता एंबम पुर्चौडी नगरपालिकाका प्रमुख रण बहादुर कुँवरको विशिष्ट आतिथ्ययतामा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले युवाहरूको उल्लेख्य सहभागितामा योङ कम्युनिष्ट लिग (वाईसियल) का ९९ सदस्यीय नगर कमिटी गठन गरेको माओवादी केन्द्रका नेता विक्रम कुँवर (प्रतीक) ले जानकारी दिनुभएको छ । 

कमिटीको अध्यक्षमा नरेश बोहरा चयन भएका छन् । यस्तै उपाध्यक्षमा नवराज विक, नरेश कुँवर र दीपक धामी, सचिवमा गणेश धानुक (शक्ति), सह-सचिवमा पदम रतोकी, वीर बहादुर धामी र भाष्कर साउद तथा कोषाध्यक्षमा राजेन्द्र साउद चयन भएका पुर्चौडी नगरपालिका नगरप्रमुख रण बहादुर कुवर ले जानकारी दिनुभएको छ ।