धनगढीको कपडा बैंकलाई कपडा सहयोग

धनगढीको कपडा बैंकलाई कपडा सहयोग

धनगढी । ईन्ट्र्याक्ट क्लब अफ ग्लि एकेडेमी र ईन्ट्र्याक्ट क्लब अफ एक्सिस द्वारा सहकार्य  गर्दै एकसय जोर लुगाहरू धनगढी- ४, शिवपुरी धाम स्थित कपडा बैङ्कमा दान गरिएको छ ।

नजिकै आईरहेका दसैँ, तिहार र छठ जस्ता महान् चाडपर्वहरूमा असहायहरूले सजिलै लुगाहरू प्राप्त गर्न सकुन् भन्ने हेतुले आफूहरूले आज शनिवार बिदाको दिन पारेर एक-आपसमा मिलेर कपडाहरू सङ्कलन गरी दान गरिएको ईन्ट्र्याक्ट कल्व अफ ग्लि एकेडेमीका अध्यक्ष कबिर चन्दले बताएका छन्।

१२ देखि १८ वर्ष उमेर समूह रहेका उक्त टिमका विद्यार्थीहरूले यस कपडा सङ्कलन कार्यमा आफ्ना साथीहरू एवम् अविभावकज्यु हरुले सघाउ पुर्‍याउनु भएको कुरा बताएका छन् भने यो कपडा दान कार्य गर्न पाउँदा आफूहरू खुसी भएको कुरा व्यक्त गरेका छन्।

No description available.