रेशम चौधरी र झुट्टा मुद्दा लगाएकाहरूको रिहाइको लागी थारु राष्ट्रिय मोर्चाले संघर्ष गर्ने

रेशम चौधरी र झुट्टा मुद्दा लगाएकाहरूको रिहाइको लागी थारु राष्ट्रिय मोर्चाले संघर्ष गर्ने

धनगढी । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालले समुदायलाई सशक्त बनाउन अभियान सञ्चालन गर्ने भएको छ। 

शनिवार धनगढीमा भएको मोर्चाको भेलाले थारु समुदायलाई एकजुट बनाउदै गाउँ गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीँसँग सम्बन्धित सचेतनामूलक कार्यक्रमसहितको अभियानसञ्चालन गर्ने बताइएको छ। 

उक्त भेलाबाट टिकापुर हत्याकाण्डमा जेल बन्दी बनाइएका जन निर्वाचित नेता रेशम चौधरी र झुट्टा मुद्धामा फसाइएका थारु जेलबन्दीहरुको रिहाइको लागी संघर्ष गर्ने लगायतका निर्णय भएको अध्यक्ष थारुले जानकारी दिए । 

त्यस्तै, अध्यक्ष थारुले आफूहरुका मागहरू सम्बोधन नभए थप श्सक्त आन्दोलन तथा शंघर्स गर्ने निर्णयहरू पनि भएको बताए । 

साथै मोर्चाले थारु समुदाय भित्र तीब्ररुपमा देखिएको बालविबाह, सिकलसेल तथा आत्महत्या रोकथामकोलागि पनि अभियानको आवश्यकता महशुस गरेको निश्कर्ष निकालेको छ। साथै सो अभियानले जनगणनामा थारुहरुको थरमा एकरुपता कायम गर्न सकयोग पुग्ने बताएको छ।

मोर्चाका जिल्ला संयोजक बालकृष्ण चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्रका प्रदेश सचिव तथा केन्द्रीय सदस्य नेपबहादुर चौधरी प्रमुख अतिथि थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीर मान चौधरी, रुपा चौधरी, मोर्चाका केन्द्रीय मसचिव तथा केन्द्रीय सदस्य हरिराम चौधरी ९उत्सव०, माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालबहादुर सोडारी, प्रदेश कमिटी सदस्य रमेश धामी, भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी लगायतको अतिथिहरूको उपस्थिति थियो ।

माओवादी केन्द्र निकट मोर्चाका नेता तथा कार्यकर्ता र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो । भेलाले आजै मोर्चाको जिल्ला कमिटी समेत चयन गर्ने संयोजक बालकृष्ण चौधरीले बताए ।