नवनियुक्त उद्योगमन्त्री गजेन्द्रबहादुर हमालद्वारा राजीनामा दिने घोषणा

नवनियुक्त उद्योगमन्त्री गजेन्द्रबहादुर हमालद्वारा राजीनामा दिने घोषणा

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने बताउनुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोपपछि हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताउनुभएको हो । आफ्नै विवेकले राजीनामा दिने निर्णयमा पुगेको उहाँको भनाइ छ ।

अस्ति शुक्रवार मन्त्रिपरिषद्लाई पूर्णता दिँदै प्रधानमन्त्री देउवाले उद्योग मन्त्रीमा गैरसांसद हमाललाई समेट्नु भएको थियो । हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै तीव्र आलोचना भइरहेको छ ।