रेडपाण्डाको छालासहित युवक पक्राउ

रेडपाण्डाको छालासहित युवक पक्राउ

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बुद्ध मन्दिर नजिकबाट प्रहरीले संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–१ बस्ने २८ वर्षीय मनिराम सुनारलाई शनिबार पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले मनिरामले बोकेको झोला चेकजाँच गर्दा एउटा रेडपाण्डाको छाला फेला परेको थियो । उनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।