अछाममा बम विष्फोट हुँदा एकजना घाइते

अछाममा बम विष्फोट हुँदा एकजना घाइते

अछाम । अछाममा बम पट्कदा एक पुरुष घाइते भएका छन् ।  जिल्लाको रामारोशन गाउँपालीका ५ पातलमा शुक्रबार दिउँसो ३ बजे खेतमा काम गर्ने क्रममा ग्रिनेट बम पट्किदा सोही ठाउँका ३३ बृख रोकाया रोकाया घाइते भएका हुन ।

उनको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ। बम दोन्दकालको समयको हुनसक्ने जिल्ला प्रहरी कार्यलय अछामका प्रहरीले प्रमुख तुलसी अर्याल बताए ।

घाइते अस्पतालमा पुगेपछि मात्रै घटनाको बारेमा जानकारी भएको र घटनाको बारेमा बुझ्न प्रहरी घटना स्थलतर्फ गएको प्रहरी प्रमुख अर्यालले बताए ।