उद्योग मन्त्री गजेन्द्रबहादुर हमालले बुझाएको राजीनामा स्वीकृत

उद्योग मन्त्री गजेन्द्रबहादुर हमालले बुझाएको राजीनामा स्वीकृत

नव नियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले बुझाएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट मन्त्री नियुक्त भएको भन्दै प्रधानन्यायाधीश, प्रधानमन्त्री देउवा र मन्त्री हमालको चौतर्फी आलोचना भएपछि उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजीनामा बुझाएका थिए ।

मन्त्री हमालले बुझाएको राजीनामा स्वीकृत भएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले बताएको छ । मन्त्री हमालको नियुक्तिको विषयलाई लिएर वकिलहरूले प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश नै गर्न दिन नहुने भनेका थिए । 

राजनीतिक वृत्तमा पनि उनको नियुक्तिलाई लिएर प्रधानमन्त्री देउवाको समेत आलोचना भएपछि हमालले राजीनामा बुझाएका हुन् । राजीनामा लगत्तै देउवाले त्यसलाई स्वीकृत पनि गरेका छन् ।