कर्णाली नदीमा डुंगा दुर्घटना, कैलालीको मोहन्याल आउँदै गरेकी युवती वेपत्ता

कर्णाली नदीमा डुंगा दुर्घटना, कैलालीको मोहन्याल आउँदै गरेकी युवती वेपत्ता

कर्णाली नदीमा डुंगा पल्टिँदा आइतबार एक युवती वेपत्ता भएकी छिन् । सुर्खेतको चौकुने गाउँपालिका–१० र कैलालीको मोहन्याल गाउँपालिका–३ को बीच भागमा डुंगा पल्टिएको हो ।

डुंगा पल्टिँदा चौकुने गाउँपालिका–१० की १८ वर्षीया अनिता विक वेपत्ता भएको वडा अध्यक्ष शंकर बहादुर कामीले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ९ बजेतिर डुंगा पल्टिएको हो ।

घरको लागि कमेरो र माटो ल्याउन मोहन्याल गाउँपालिका जान लागेकी विक नदीमा खसेर बेपत्ता भएकी हुन् ।