माधव नेपालले आफ्नो पार्टीका मन्त्रीलाई बोलाए

माधव नेपालले आफ्नो पार्टीका मन्त्रीलाई बोलाए

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीका मन्त्रीहरुलाई बोलाएका छन्। अध्यक्ष नेपालले सरकारमा आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई आवश्यक निर्देशन दिन बोलाएको बताइएको छ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा एकीकृत समाजवादीबाट चार जना मन्त्री र एक राज्यमन्त्री सहभागी छन्।

जसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), सहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ रहेका छन्।