थुनुवाको ज्यान गएपछि झडप, प्रहरीसहित १० जनाभन्दा धेरै घाइते

थुनुवाको ज्यान गएपछि झडप, प्रहरीसहित १० जनाभन्दा धेरै घाइते

प्रहरी हिरासतमा रहेका थुनुवाको ज्यान गएको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा झडप भएको छ ।

पीडितका आफन्त र प्रहरीबीच झडप भएको हो । प्रहरीले आधा दर्जनभन्दा बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित १० जनाभन्दा धेरै घाइते भएका छन् । प्रदर्शनकारीले पूर्व-पश्चिम राजमार्ग बन्द गरेका छन् ।

अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा-५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने बताउनुभएको छ ।

झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ । इनरुवा बजार क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।