धनगढीबाट लागुऔषध सहित दुई युवक पक्राउ

धनगढीबाट लागुऔषध सहित दुई युवक पक्राउ

धनगढी । धनगढीबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन । उपमहानगरपालिका वडा नम्बर २ स्थित राम जानकी मन्दिर नजिक बाट २५ बर्षिय राजु गुप्ता र २७ बर्षिय किरन भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुको साथबाट ३ ग्राम १०० मिलिग्राम लागुऔषध खैरो हिरोईन बरामद गरिएको हो । शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरी टोलीले चेकजांच गर्दा उनीहरुको साथबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

दुवै जनामाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।